मनसुन विस्तारै कमजोर हुँदै

130

काठमाडौं, असार ३०:मनसुन बिस्तारै कमजोर बन्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा अर्थात वर्षा गराउने वायु नेपालको तराई क्षेत्रमा रहेकाले मनसुनको गतिविधि सामान्य देखिए पनि विस्तारै कमजोर हुँदै जाने महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभएको छ । आजबाट यो प्रणाली दक्षिर्ण तर्फ सर्ने र क्रमश कमजोर हुँदै जाने मौसमविद् श्रेष्ठले बताउनुभयो । यसले गर्दा नेपालमा भन्दा भारतमा मनसुनी गतिविधि सक्रिय हुने बताइएको छ । आज देशैभरि सामान्य बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको छ । खासगरी देशको मध्य क्षेत्रका केही स्थान तथा पूर्व र पश्चिमका एक–दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here