नेपाल जलवायु परिवर्तनको दुस्प्रभावको उच्च जोखिममा -प्रम

153

काठमाडौं, असार ३०:प्रधानमन्त्री के पी शर्मा ओलीले नेपाल जलवायु परिवर्तनको दुस्प्रभावको उच्च जोखिममा रहेको बताउनु भएको छ । काठमाडौंमा शुरु भएको जलवायु परिवर्तन सम्बन्धी अन्तर सरकारी समूहको छैटौं प्रतिवेदन तयारीका लागि जारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो । कार्वन उत्सर्जन लगायतका जलवायु परिवर्तनको कारकमा नेपालको भूमिका नगन्य रहे पनि जलवायु परिवर्तनको असरले नेपालका हिमालहरु पग्लिनुका साथै सबै क्षेत्रमा यसको नकारात्मक असर परेको प्रधानमन्त्री ओलीको भनाई छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको प्रभावबाट कुनै पनि क्षेत्र अछुतो रहन नसकेको बताउँदै कृषि क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताउनु भयो । यसले खाद्य तथा पोषण असुरक्षाको अवस्था सिर्जना गर्ने बताउनु भयो । कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको विश्वव्यापी प्रभाव रहेको बताउँदै सतर्कता अपनाउनु पर्ने बताउनु भयो । Pause सन् २०२२ मा सार्वजनिक हुने जलवायु परिवर्तन सम्बन्धी प्रतिवेदन तयारीका लागि दोस्रो कार्य समूहको बैठक काठमाडौंमा हिजो शुरु भएको हो । बैठक आगामी शुक्रबार सम्म हुनेछ । विश्वका ६० देशका २ सय ६० वैज्ञानिकहरु जलवायु परिवर्तनका विविध पक्षका बारेमा छलफल गर्नेछन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here