बाढी र पहिरोबाट ज्यान गुमाउनेको संख्या ६७, अझै ३० जना वेपत्ता

224

काठमाडौं, असार ३०:बाढी, पहिरो र डुबानबाट मुलुकका विभिन्न जिल्लामा ६७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २६ महिला र ४१ जना पुरुष रहेका छन् । विपद्मा परेर ३८ जना घाइते भएको र ३० जना बेपत्ता भएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो । सबैभन्दा बढी प्रदेश नं १ मा मानवीय क्षति भएको छ । प्रहरीले दिएको जानकारीअनुसार प्रदेश नं १ मा २०, प्रदेश नं २ मा १८, प्रदेश नं ३ मा १५, प्रदेश नं ५ र कर्णाली प्रदेशमा दुई­-दुई तथा उपत्यकाका काठमाडौं र ललितपुर जिल्लामा आठ गरी ६५ जनाको मृत्यु भएको हो । काठमाडौँमा तीन र ललितपुरमा पाँच जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म दुई हजारभन्दा बढीको उद्धार गरिएको छ । गृह मन्त्रालयका अनुसार ३३ हजारभन्दा बढी मानिस विपद्बाट प्रभावित भएका छन् । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालका अनुसार विपद्को अवधिमा अहिलेसम्म ५१ स्थानमा पहिरो खसेको छ । सुरक्षा निकायलगायत तीनै तहको सरकार तथा स्थानीय समुदाय र सङ्घसंस्था राहत एवं उद्धारमा सक्रिय छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here