ब्रिटिस एयरवेजको कायरोको नियमित उडान रद्ध

77

काठमाडौं, श्रावण ५:ब्रिटिस एयरवेजले इजिप्टको राजधानी कायरोको नियमित उडान सुरक्षाको कारण देखाउँदै एक हप्ताका लागि रद्ध गरेको छ । लण्डनको हिथ्रो विमानस्थलमा कायरोको उडानको पर्खाईमा रहेका यात्रुलाई एकाएक उडान रद्ध भएको जानकारी गराइएको थियो । कायरोमा एक हप्ता सम्म अर्को बैकल्पिक उडान समेत नभएकाले यात्रुहरु मर्कामा परेका छन् । ब्रिटिस एयरवेजले सुरक्षाको कारण देखाएर उडान रद्द गरे पनि कस्तो खाले सुरक्षा खतरा भयो भन्ने खुलाएको छैन । कायरो विमानस्थलका प्रवक्ताले भने ब्रिटिस एयरवेजले हालसम्म उडान तालिकाको हेरफेरका विषयमा कुनै पनि जानकारी नगराएको जनाएका छन् । ब्रिटिस एयरवेजका प्रवक्ताले भने बेलाबेलामा संसारभर विमानस्थलको सुरक्षा प्रबन्धका विषयमा पुनराबलोकन गर्ने गरिएको जानकारी दिंदै कायरो उडान एक हप्ताका लागि स्थगित गरिएको बताउनु भयो । सुरक्षा सावधानीको थप मूल्यांकनका लागि उडान रद्द गरिएको जनाइएको छ । यात्रु र चालक दलको सुरक्षालाई एयरवेजले जहिले पनि प्राथमिकतामा राखेको बताउँदै त्यसमा विश्वस्त नभएसम्म विमान संचालन नगर्ने जनाएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here