चन्द्रमामा मानव पाइला टेकिएको स्वर्ण महोत्सव मनाई‌ंदै

132

काठमाडौं, श्रावण ५:चन्द्रमामा पहिलो पटक मान्छे पुगेको ५० बर्ष पुरा भएको अवसरमा विश्वभर चन्द्रमामा मानव पाइला टेकिएको स्वर्ण महोत्सव धुमधामका साथ मनाइएको छ । सन् १९६९ जुलाइ महिनाको २० तारिखका दिन पहिलो पटक मान्छे चन्द्रमामा पुगेको थियो । त्यसै दिन एपोलो-११ नामको यानमा गएका अमेरिकी अन्तरिक्ष यात्री निल आर्मस्ट्रङले पहिलो पटक चन्द्रमाको सतहमा ओर्लिएर हिडेका थिए । चन्द्रमामा मानव पाइला परेको त्यही दिनको स्मरणमा आज पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरी उत्सव मनाइदै छ । अमेरिकी अन्तरिक्ष अध्ययन क्न्र नासाले पाँच दशक अघिको चन्द्रमामा रकेट प्रक्षेपण गर्दाको उक्त भिडियो पनि सार्वजनिक गरेको छ । नासाको उक्त भिडियो ५० अर्व भन्दा बढी मानिसहरुले विश्वभरबाट हेरेको नासाले जनाएको छ । नासाको उक्त मिसन पछि विश्वका अन्य राष्ट्रहरुले पनि चन्द्रमामा अन्तरिक्ष यानहरु पठाएका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here