आईसीसी टी-ट्वान्टी विश्वकप एशिया फाइनलको छनोट खेल आजबाट सुरु

159

काठमाडौं, श्रावण ६:आईसीसी टी-ट्वान्टी विश्वकप एशिया फाइनलको छनोट खेल आजबाट सुरु हुदै छ । सिंगापुरमा आयोजना हुन लागेको छनोट खेल आगामि आइतवार सम्म संचालन हुनेछ । प्रतियोगितामा नेपाल सहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेतले प्रतिस्पर्धा गर्दैछन् । अर्को बर्ष अष्ट्रेलियामा आयोजना हुने टी-ट्वान्टी विश्वकप खेल्ने टोलीको छनोटका लागि एशिया फाइनल खेलाउन लागिएको हो । फाइनलको शीर्ष टोलीले अक्टोबर ११ देखी नोभेम्बर ३ सम्म युएईमा आयोजना हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । प्रतियोगिता खेल्न नेपाली टोली सिंगापुर गइसकेको छ । नेपालले आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेतसँग प्रतिस्पर्धा गर्ने छ । एशिया फाइनलमा बलियो टोली मानिएको नेपालले पहिलो खेल भोली कतारसँग खेल्नेछ । यसैगरी दोस्रो खेलमा पर्सी मलेसियाको सामना गर्ने छ भने शनिवार कुवेत संग र आइतवार आयोजक सिंगापुरसंग खेल्नेछ । एशिया फाइनलको उपाधि दाबेदार टोली मानिएको नेपाल फाइनल खेल्ने पाँच राष्ट्र मध्ये एक मात्र एकदिवसीय मान्यता प्राप्त राष्ट्र हो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here