हङकङकाे एक रेल स्टेशनमा नकावधारीहरुको आक्रमण

232

काठमाडौं, श्रावण ६:हङकङको युएन लोङ जिल्लास्थित एक रेल स्टेशनमा लठ्ठी बोकेर प्रवेश गरेका नकावधारीहरुको समूहले जथाभावी तोडफोड गर्दै मानिसहरुलाई कुटेर घाईते बनाएका छन् । सेतो टिसर्ट लगाएर स्टेशनमा प्रवेश गरेको समूहले त्यहाँ बसेका मानिसहरुलाई जथाभावी लठ्ठीले हानेर घाईते बनाएको प्रहरीले जनाएको छ । उग्र समुहले रेलको डिब्बा भित्र छिरेर त्यहाँ रहेका मानिसहरुलाई समेत कुटेर घाइते बनाएका छन् । स्थानीय समाचार माध्यमहरुले घटनामा करिब ३६ जना मानिसहरु घाईते भएको उल्लेख गरेका छन् । कुन समूहले तोडफोड गराएको हो र त्यसको उद्धेश्य के थियो भन्ने बारेमा अनुसन्धान भइरहेको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । हङकङमा पछिल्लो केही महिना यता एउटा विवादास्पद कानूनको विषयलाई लिएर प्रदर्शन भइरहेको छ । रेल स्टेशनमा आक्रमण त्यसैको निरन्तरता भएको समाचारमा जनाइएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here