बेलायतमा प्रमको लागि निर्वाचनमा लड्ने उमेद्वार तय

87

काठमाडौं, श्रावण ६:बेलायतमा प्रधानमन्त्री टेरेजा मे ले राजिनामा दिएपछि रिक्त रहेको सत्तारुढ कन्जर्भेटिभ दलको नेता चयनका लागि भएको चुनावी प्रक्रिया सकिएको छ । झण्डै एक महिना सम्म विभिन्न पाँच चरणमा भएको मतदानबाट दलको नेता र भावी प्रधानमन्त्रीका आकांक्षी १० जना मध्येबाट २ जनाको छनोट भएको छ । अन्तिम प्रतिस्पर्धामा रहेका पूर्व विदेशमन्त्री बोरिस जोन्सन र वर्तमान सरकारका विदेशमन्त्री जेरेमी हन्टमध्येबाट धेरै मत प्राप्त गर्ने एकजनालाई भोली टोरी भनेर चिनिने कन्जर्भेटिभ दलको दलको नेता चयन गरिने छ । दलको त्यही नेता नै वर्तमान प्रधानमन्त्री टेरेजा मेलाई प्रतिस्थापन गर्दै बेलायतको नयाँ प्रधानमन्त्री बन्ने छ । टोरी नेता चयनका लागि अन्तिम चरणमा दलका करिब एक लाख ६० हजार सदस्यले मतदान गरेका थिए । अन्तिम मतदानको नतिजा घोषणा गर्ने भनिएपनि यस अघी सांसदहरु बीच भएका मतदानहरुमा पूर्व विदेशमन्त्री बोरिस जोन्सनको पक्षमा बहुमत आएको थियो । यसले जोन्सननै बेलायतको भावी प्रधानमन्त्री बन्ने आँकलन गरिएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here