दुइ पूर्व रुसी गुप्तचरको हत्या प्रयासमा संलग्नता पुष्टी भएमा रुसविरुद्ध व्यापार प्रतिवन्ध लगाउने अमेरिकी घोषणा

209
अमेरिका रसिया नाकाबन्दी

अमेरिकाले बेलायतमा बसोवास गरिरहेका दुइ पूर्व रसीयाली गुप्तचरहरुलाइ स्नायुघातक विषालु पदार्थ प्रयोग गरी हत्या गर्न खोजिएको पुष्टी भएमा रसिया विरुद्ध नयाँ प्रतिबन्ध लगाउने बताएको छ। पूर्व रसीयाली गुप्तचर सेर्गेइ स्क्रिपाल र उहाँकी छोरी युलिया माथि गत मार्च महिनामा भएको हत्या प्रयासमा रुसको संलग्नताको सम्भावना बीच अमेरिकाले सो घोषणा गरेको हो । अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै रुस विरुद्ध चालिने कदमको पुष्टी गरेको छ ।

मन्त्रालयका प्रवक्ताले आफ्नै नागरिक माथी विषालु पदार्थको प्रयोग गरी रुसले अन्तराष्ट्रिय कानुनको उलंघन गरेको बताएका छन् । अगस्ट २२ मा लागू गर्ने भनिएको नयाँ प्रतिबन्ध पछी रुस संगको विद्युतीय उपकरण र प्रविधी संग सम्वन्धित सामाग्री निर्यातमा रोक लाग्ने छ । बेलायतले यस अघी नै सो घटनामा रुसको संलग्नता रहेको भन्दै २३ जना रुसी कूटनीतिज्ञलाई देश निकाला गरिसकेको छ । तर घटनामा आफ्नो संलग्नता नभएको भन्दै रुसले त्यति नै सङ्ख्यामा बेलायती कूटनीतिज्ञलाई फिर्ता पठाउने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here