सञ्चय कोषलाई लेखा समितिको निर्देशन

204

काठमाडौं, श्रावण ६:प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले कर्मचारी सञ्चय कोषलाई संस्था र सेवाग्राहीको हितलाई सर्वोपरि ठानेर काम गर्न निर्देशन दिएको छ । लेखा समितिमा हिजो भएको छलफलपछि कोषका पदाधिकारीलाई कसैको दबाबमा काम गर्न निर्देशन दिएको हो । बैठकमा सांसद डा मीनेन्द्र रिजालले “कोषले  लगानी गरेको नेपाल वायु सेवा निगम मासिकरुपमा ठूलो घाटामा रहेको उल्लेख गर्दै लगानी जोखिममा पर्न सक्नेप्रति कतिको चनाखो हुनुहुन्छ ? भनेर प्रश्न गर्नुभयो । बैठकमा केही सांसदहरुले ३७ करोड रुपैयाँ कूल सम्पत्ति रहेको निगमलाई किन ४० अर्ब ऋण दिने काम गरियो भनी प्रश्न गर्नुभयो । जवाफमा कोषका अध्यक्ष शिशिर ढुङ्गानाले सेवाग्राहीको रकम एक पैसा पनि तलमाथि हुन नपाओस् भन्नेतर्फ सचेत रहेको बताउनुभयो । कोषले माथिल्लो  तामाकोशी, रुसुवागढी र साञ्जेन, माथिल्लो त्रिशूली थ्री बी विद्युत् आयोजनामा पनि लगानी गरेको छ । यसैबीच लेखा समिति मातहत गठित उपसमितिले ह्वासिङ सिमेन्ट कम्पनीलाई प्रारम्भिक वातावरणीय परीक्षणमा उल्लिखित सर्त पालना गर्न तथा सोको पालना भए/नभएको नियमित अनुगमन र मूल्याङ्कन गर्न उद्योग विभागलाई निर्देशन दिन सुझाव दिएको छ । बैठकमा कर्मचारी सँचय कोषको काठ्माण्डौं सुन्धारा स्थित भवन भाडा बहाल सम्बन्धमापनि छलफल भयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here