आगामी तीन दिन देशभर बर्षा हुने

111
This image depicts the rain in Asia. Image: Nepal Weather Forecast Twitter

काठमाडौं, श्रावण ६:आगामी ३ दिन फेरी देशैभर ठूलो पानी पर्ने छ । मनसुन न्यून चापिय रेखा नेपालको दक्षिणतिर अवस्थित हुनुका साथै बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण पुर्वका अधिकांश तथा मध्य र पश्चिमका केहि स्थानहरुमा वर्षाको सम्भावना रहेको छ । भोलि पुर्व र मध्यका एक दुई स्थानमा र पर्सि पुर्व र पश्चिमका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको पुर्वी तथा मध्यका अधिकांश भु-भागमा मेघ गर्जन सहित वर्षा भईरहेको छ । यस्तै पश्चिमि भु-भागमा आंसिक देखि सामान्य वदली भई १-२ स्थानहरुमा वर्षा भईरहेको छ । आज दिउसो पुर्व तथा मध्यका थोरै र पश्चिमका एक दुई स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ । आगामी २४ घण्टा देशका बिभिन्न स्थानमा भारी वर्षाको सम्भावना भएकाले ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने र पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सतह पनि हल्का बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here