आइसिसि टि-ट्वान्टी विश्वकप छनौट खेलको एसिया फाइनलमा नेपाल विजयी/मलेशिया ७ विकेटले पराजित

128

काठमाडौं, श्रावण ८:आइसिसि टि-ट्वान्टी विश्वकप छनोट खेलको एसिया फाइनल अन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाइ ७ विकेटले पराजित गरेको छ । जारी प्रतियोगितामा नेपालको यो पहिलो जित हो । शिङ्गापुरस्थित इन्डीयन एसोसिएसन क्रिकेट मैदानमा आज छोट्याइएको ९ ओभरमा ८४ रनको लक्ष नेपालले ८ ओभरमा मात्र ३ विकेटको क्षतीमा पुरा गरेको थियो । नेपालका लागी ज्ञानेन्द्र मल्लले किर्तिमानी अर्धशतकिय पारी खेले । मल्ल २१ बलमा ३ छक्का र ५ चौका प्रहार गरी ५१ रनमा आउट भएका थिए । मल्लको यो अर्धशतक नेपालको लागी टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो हो । यस अघी नेपालका लागी विनोद भण्डारिले २५ बलमा छिटो अर्धशतक पुरा गर्ने किर्तिमानी कायम गरेका थिए  । यस अघी टस हारी पहिले ब्याटिङ गरेको मलेसियाले वर्षाको कारण छोट्याइएको ९ ओभरमा ७ विकेटको क्षतीमा ८३ रन बनाएको थियो । यो जितसंगै नेपालको २ खेलबाट २ अंक भएको छ । नेपाल आफ्नो पहिलो खेलमा हिजो कतारसंग ४ विकेटले पराजित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here