ओलम्पिक खेलकुद आयोजना नगर्न राजधानी टोकियोमा प्रदर्शन

201

काठमाडौं, श्रावण ९:जापानमा अर्को बर्ष आयोजना हुने निश्चित भएको ओलम्पिक खेलकुद प्रतियोगिता त्यहाँ आयोजना नगर्न राजधानी टोकियोमा प्रदर्शन गरिएको छ । सन् २०२० मा टोकियोमा आयोजना हुन लागेको खेलकुद प्रतियोगिताले देशको उन्नती र प्रगति नगर्ने भन्दै टोकियो नगरका अभियन्ताहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले ओलम्पिक आयोजनाले आर्थिक असमानता बढाउने र स्थानीयलाई कुनै फाइदा नपुर्याउने तर्क गरेका छन् । उनीहरुले प्रतियोगिताले केही सिमित वर्ग र समुदायलाई मात्र फाइदा पुग्ने आरोप लगाउदै अनुत्पादक क्षेत्रमा गरिएको लगानीले समग्र मुलुकलाई फाइदा नहुने भन्दै प्रतियोगिता नगर्न दवाव दिएका छन् । ओलम्पिक आयोजनाका लागि तयारी स्वरुप टोकियो शहरले २० अर्ब अमेरिकी डलर भन्दा बढी खर्च गर्दैछ । एउटा प्रतियोगिताका लागि त्यति धेरै खर्च गर्न लागेको भन्दै विरोध भइरहेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here