गुल्मीको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या १३

151

काठमाडौं, श्रावण ९:गुल्मीको सत्यवति गाउँपालिकाका दुई स्थानमा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । पहिरोमा परेर बेपत्ता भएका लिम्घाका डेढ बर्षीय बालक सञ्जु विक र ७ वर्षिय तारा बिक तथा ठुलोलुम्पेकका माया बिक र बवि विकको शव फेला परेको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पुष्टी गर्नुभयो  । योसँगै २ स्थानमा ३ वटा घरमा पहिरोले क्षती पुराएर १३ जनाको मृत्यु भएको हो । बेपत्ता मध्ये ३ जनाको हिजो साँझ र १ जनाको आज बिहान सव फेला परेको प्रहरीले जनाएको छ । पहिरोमा घाइते भएका ठुलोलुम्पेकका करिष्मा र धनी त्रामुलाई हेलिकप्टर मार्फत उपचारको लागि काठमाण्डौ ल्याइएको छ । सडक अबरुद्ध भएपछि हिजो साँझ हेलिकप्टर मार्फत केहि राहत पहिरो प्रभावित क्षेत्रमा पठाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो । पहिरोले ठुलो मानवीय तथा भौतिक क्षति पुर्‍याएका दुई स्थानका करिव ६ सय घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । ठुलोलुम्पेकको सिङ्गदी गाउँ पहिरोको उच्च जोखिममा रहेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here