विश्वकप खेल्ने नेपालको सपनामा पूर्ण विराम

88
Nepal national cricket team members listen to coach Umesh Patwal (second from left) during a training session in Singapore on Friday, on the eve of their ICC World Twenty20 Asia Region Final match against Kuwait. Photo courtesy: CricketingNepal

काठमाडौं, श्रावण १३:आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको अन्तिम खेलमा नेपाल आयोजक सिंगापुरसँग पराजित भएको छ । युएइमा हुने विश्वकपको ग्लोबल छनोट खेल्ने टोली छनोटकालागि आज भएको खेलमा नेपाललाई सिंगापुरले ८२ रनले पराजित गरेको हो । सिंगापुरसँग पराजित भएसँगै अष्ट्रेलियामा अर्को वर्ष आयोजना हुने टी-ट्वान्टी विश्वकप खेल्ने नेपालको सपना सकिएको छ । सिंगापुर भने एशिया फाइनलको विजेता बन्दै ग्लोबल छनोट खेल्न युएइ जाने भएको छ । ईण्डियन एसोशियसन क्रिकेट मैदानमा भएको खेलमा सिंगापुरले दिएको १९२ रनको फराकिलो लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा अलआउट हुँदै १०९ रनमा समेटियो । नेपालका सुरुवाती व्याट्सम्यानहरुले राम्रै रन जोडेको भएपनि मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा नेपाल पराजित भयो । कप्तान पारस १२ र उपकप्तान ज्ञानेन्द्र मल्ल ३९ रन बनाएर आउट भए । त्यसपछि नेपालको इनिङ्स खस्कदै गयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १९१ रन बनाएको थियो । नेपालका अविनास बोहराले ४ विकेट लिए भने करण केसीले २ विकेट लिएका थिए । नेपालका बसन्त रेग्मीले ४ ओभरमा ५४ रन दिए भने सन्दीप लामिछानेले ३ ओभरमा ३४ रन खर्चिए ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here