गोरखाको धार्चेमा लुकाइएको १६ किलो सुनबारे अनुसन्धान शुरु

135
Police making public the alleged gold smuggler along with the seized gold bars at DPO, in Gorkha, on Thursday, July 25, 2019. Photo: Bharat Koirala/THT

काठमाडौं, श्रावण १३:गोरखाको धार्चे गाउँपालिका–३ स्थित जङ्गलमा लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको १६ किलो सुनबारे राजश्व अनुसन्धान विभागले अनुसन्धान थालेको छ ।   सुनसहित पक्राउ परेका धार्चे गाउँपालिका–१ का ४० वर्षीय धनकमल गुरुङलाई प्रहरीले राजश्व अनुसन्धान विभागमा बुझाएको थियो । अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भैरहेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षणमा १६ किलो सुन सक्कली भएको पुष्टि भएको छ । गुरुङले अवैध सुन ओसारपसार गरेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको टोलीले बिहीबार गुरुङलाई नियन्त्रणमा लिएको थियो । सोधपुछ गर्दा उनले चीनको तिब्बतबाट सुन अवैधरूपमा चोरी निकासी गरी सोही गाउँपालिकास्थित जङ्गलमा लुकाइछिपाइ राखेको जानकारी दिएपछि प्रहरीले १६ किलो सुन बरामद गरेको हो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here