लाभग्राही सूचिमा परेर पनि सम्झौता नगर्नेले अनुदान नपाउने

158

काठमाडौं, श्रावण १३:भुकम्पको लाभग्राहि सूचीमा परेर पनि सम्झौता नगर्ने काभ्रेका सात हजार घरधुरीले अनुदान नपाउने भएका छन् । पुनःनिर्माण प्राधिकरणले चार बर्ष बितिसक्दा पनि सम्पर्कमा नआएका लाभग्राहीहरुलाई अनुदान पाउने सूचिबाट हटाएको हो । जिल्लाका ७ हजार ५ सय ७४ भुकम्प पीडितहरुको नाम हटाइएको जिल्ला आयोजना कार्यान्वयन ईकाइ काभ्रेका प्रमूख सागर आचार्यले बताउनुभयो । नाम हटाइएका मध्य उचित कारण देखाएर सम्पर्कमा आएमा त्यस्ता लाभग्राहीहरूको बारेमा प्राधिकरणले पुनविचार गर्ने उहाँले बताउनुभयो । प्राधिकरणले लाभग्राहीहरूलाई गत असार २१ गते सम्म सम्झौता गर्न समय सिमा तोकेको थियो । जिल्लामा ९८ हजार १९ जनाले घर भएको भन्दै सर्वेक्षण गराएका थिए । पहिचान भएका ८३ हजार ३ सय ६५ लाभग्राहिमध्ये ७५ हजार ६ सय ९१ लाभग्राहिले मात्रै असार मसान्तसम्म सम्झौता गरेर घर बनाइरहेका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here