गुल्मीको पहिरोमा थप एक जनाको मृत्यु

167

काठमाडौं, श्रावण १३:अबिरल वर्षासँगै पहिरोमा पुरिएर गुल्मीमा गएराती फेरि १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । कालिगण्डकी गाउँपालिका वडा नम्बर ७ का छापचौर निवासी १३ वर्षिय सुने परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक दिपककुमार बस्नेतले बताउनु भयो । पहिरोले घर पुरिदाँ घरमा सुति रहेका बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोले बिष्णु परियारको २ तले कच्ची घर पुरेको हो । पहिरोमा परेर २८ वर्षिय चिना परियार, १२ वर्षिय साजन परियार १० महिनाका सोहि परियार ३५ वर्षिय यम बहादुर परियार र २५ वर्षिय भेष परियार घाइते भएको प्रहरी उपरिक्षक बस्नेतले जानकारी दिनुभयो । घाईतेहरुलाई पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गुल्मीमै मंगलवार सत्यवतिका २ वटा वडामा पहिरोमा परेर १३ जनाको मृत्यु भएको थियो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here