बाढी प्रभावित घर फर्किए

205

काठमाडौं, श्रावण १३:केशलिया खोलामा आएको बाढीका कारण डुबानमा परेका विराटनगर महानगरपालिका वडा नंं. १२ का ४० सुकुम्बासी परिवार घर फर्किएका छन् ।   शुक्रवार दिउसो केशलिया खोलामा आएको बाढी घर घरमा पसेपछि उनीहरु स्थानीय बखरी आधारभूत विद्यालयमा आश्रय लिएर बसेका थिए । शनिवार मौसममा सुधार भएपछि घर फर्किएको र कुनै पनि बेला फेरि फर्केर आउनु पर्ने अवस्था रहेको स्थानीय अशोक ऋषिदेवले बताउनु भयो ।  धेरै बेर वर्षा भएपछि विराटनगर महानगरपालिकाको वडा नं. १२ र १६ डुबानमा पर्ने गरेको छ । शुक्रवार परेको वर्षाका कारण केशलिया खोलाको पानी गाँउ छिर्दा करिब २ सय घर डुबानमा परेको थियो । बाढी र डुबानमा परेपछि सोही विद्यालयमा आश्रय लिएर बसेका उनीहरु दुई साता अघि मात्र घर फर्किएका थिए । सधै बाढी र डुबानबाट पिडित बन्नु परेकोले अग्लो ठाँउमा बसोबासको व्यवस्था गरिदिन सुकुम्बासीहरुले आग्रह गरेका छन् ।  बाढी र डुबान पिडितहरुलाई स्थानीय संघ संस्थाहरुले मुरी, चाउचाउ र बिस्कुट वितरण गरेका छन् । उनीहरुको निशुल्क स्वास्थ्य परिक्षण समेत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here