बाढीले देशभर एक अर्व भन्दा बढीको क्षति

210

काठमाडौं, श्रावण १३:असार अन्तिम साता आएको अविरल वर्षापछिको बाढीपहिरो र डुबानले मुलुकका विभिन्न जिल्लामा एक अर्ब बढीको क्षति भएको छ । बाढीपहिरो र डुबानले विभिन्न ६७ जिल्ला प्रभावित भएका थिए । अहिलेसम्म ३६ जिल्लाबाट प्राप्त विवरणअनुसार एक अर्ब छ करोड ४५ लाखको क्षति भएको गृह मन्त्रालयले जनाएको छ । विपद्बाबाट झण्डै ९० हजार घर प्रभावित भएका छन् । मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले प्रारम्भिक अनुमानमा एक अर्ब बढीको क्षति भएको जानकारी दिँदै जिल्लामा विवरण सङ्कलन कार्य अझै पनि जारी रहेको बताउनुभयो । अहिले विभिन्न क्षेत्रमा राहत वितरण कार्य जारी रहेको केन्द्रका प्रमुख खनालले जानकारी दिनुभयो । उहाँका अनुसार राजमार्गमा भएको क्षतिको पुनःनिर्माणको कामसमेत जारी छ । राहत र उद्धारको कार्यलाई प्रभावकारी बनाउन केन्द्र, प्रदेश र स्थानीय तहका सरकारबीच प्रभावकारी समन्वय गरी स्रोत साधन परिचालन गरिएको छ । मृतक परिवारलाई प्रतिमृतक एक लाख रुपैयाका दरले राहत दिन शुरु गरिएको छ । स्थलमार्गबाट राहत वितरण गर्न नसकिएको क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत राहत वितरण भैरहेको छ । गृहमन्त्रालयका अनुसार विपद्मा परेर अहिलेसम्म ११३ जनाको मृत्यु भएको छ । यस्तै ३८ जना बेपत्ता भएका र ६७ जना घाइते भएका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here