नेपालको राष्ट्रिय क्रिकेट टोलीको वरियता यथावत

54

काठमाडौं, श्रावण १९:मलेसियासँगको दुई खेलको टी-ट्वान्टी क्लिन स्विप गरेको र सिंगापुरमा सम्पन्न आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एशिया फाइनलमा तेस्रो भएको नेपालको राष्ट्रिय क्रिकेट टोलीको वरियता भने जहाँको त्यही नै रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सार्वजनिक गरेको टी-ट्वान्टीको नयाँ वरियतामा नेपाल पुरानै स्थानमा रहेको हो । आईसीसीले सार्वजनिक गरेको टी-ट्वान्टीको नयाँ वरियतामा नेपाल यथावत रहदै ११ औं स्थानमा पर्यो । १४ खेलबाट २०१ अंक पाएको नेपाल अघिल्लो महिना पनि त्यही स्थानमा थियो । आईसीसीले सार्वजनिक गरेको एकदिवसीय वरियतामा पनि नेपाल १५ औं स्थानमा यथावत रहेको छ । एसोसियट राष्ट्र मध्यको टी-ट्वान्टी वरियतामा भने नेपाल शीर्ष स्थानमा रहेको छ । आइसिसीको टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रीका परेका छन्  । यस्तै चौंथो स्थानमा भारत र पाँचौ स्थानमा न्युजिल्याण्ड छन्  । यसैगरी एकदिवसीय वरियताको शीर्ष स्थानमा इंग्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रीका परेका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here