१३ औं दक्षिण एशियाली खेलकुद तयारी अनुगमन गर्न उपसमिति

154

काठमाडौं, श्रावण १९: प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले नेपालमा आयोजना हुन लागेको १३औं दक्षिण एशियाली खेलकुद साग प्रतियोगितालाई लक्षित गरि भइरहेका भौतिक पुर्वाधार निर्माण र खेलाडीहरुको तयारीबारे अनुगमन गर्न उपसमिति गठन गरेको छ । समितिको आज बसेको बैठकले समितिका सदस्य जीवनराम श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिलाई साग तयारी लक्षित भौतिक र खेलाडीहरुको तयारीबारे अनुगमन गरि सुझाव बुझाउने कार्यादेश दिइएको समितिका सभापति जयपुरी घर्तीले जानकारी दिनुभयो । बैठकले निर्धारित समयमै र व्यवस्थित रुपमा साग प्रतियोगिता संचालनको वातावरण बनाउन खेलकुद मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरेको समितिका सभापति घर्तीले बताउनुभयो ।छलफलका क्रममा सदस्यहरुले विगतमा प्रतियोगिताहरुको आयोजनाका क्रममा अन्तिम समयसम्म पनि तयारी पुरा नहुँदा समस्या आउनेगरेको सन्दर्भमा सागमा त्यस्तो नहोस् भन्नका लागि तयारीको नियमित अनुगमन गर्नुपर्ने धारणा राख्नुभएको थियो । समितिले यस अघीको बैठकमा खेलकुदमन्त्री, सचिव एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिवलाई बोलाएर साग तयारीबारे जानकारी लिएको थियो । आगामी मंसिर १५ देखि २५ गतेसम्म हुन लागेको सागमा नेपालका महिला र पुरुष खेलाडीहरुले विभिन्न  २७ वटा विधाका ५२ खेलमा सहभागिता जनाउदै छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here