काठमाडौ–तराई–मधेस द्रुतमार्गलाई तीव्रता दिन डिपीआरमै समस्या

68

काठमाडौं,श्रावण १९: राष्ट्रिय गौरवको काठमाडौ–तराई–मधेस द्रुतमार्गलाई तीव्रता दिन विस्तृत परियोजना प्रतिवेदन डिपीआरमै समस्या देखिएको छ । डिपिआर छिटो स्वीकृतिका लागि नेपाली सेनाले आग्रह गरेको छ । समस्या डिपीआरमै देखिएको बताउदै सेनाले डिपिआर स्वीकृति भएको अवस्थामा धेरै काम अघि बढने बताएको छ । चार महीना अघि नै डिपिआर स्वीकृतिका लागि रक्षा मन्त्रालयमा पठाएकामा अहिलेसम्म प्राप्त नभएपछि सेनाले चासोका साथ छिटो स्वीकृतिका लागि आग्रह गरेको हो । निर्माणाधीन ५४ किलोमिटर खण्डमध्ये २५.४४ मा सडक सवग्रेड फर्मेशन लेभलको काम पूरा भएको र बाँकी क्षेत्रमा पनि ८० प्रतिशत भन्दाबढी प्रगति भएको नेपाली सेनाले जानकारी दिएको छ । पुल र सुरुङको काम पनि डिपीआरको स्वीकृतिपछि लगत्तै अघि बढ्ने उसको भनाइ छ । केही चुनौतीका रुपमा हेरिएको सिस्नेरीक्षेत्रमा विभिन्न विकल्पसहित समाधानको दिशातर्फ काम अघि बढिरहेको जनाउँदै सेनाले डिपिआर र बजेट समयमै आए आयोजना सम्पन्न गर्न कुनै ठूलो समस्या नरहेको बताएको छ । दु्रतमार्गका लागि भारतीय कम्पनी आइएल एण्ड एफएस्ले तयार गरेको डिपिआर खरीद गर्ने सन्दर्भमा मूल्यमा सहमति हुन नसकेपछि नेपाली सेनाले गत असोजमा दक्षिण कोरियाको सुसुड परामर्शदाता कम्पनी छनोट गरी डिपिआर तयार गर्न लगाएको थियो । एशियाली विकास बैंकले सन् २००८ मा तयार गरेको सम्भाव्य अध्ययन प्रतिवेदनलाई आधार मानेर सेनाले निर्माणसम्बन्धी प्रारम्भिक कार्य गर्दै आएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले द्रुतमार्गलाई समय सीमाभित्रै सम्पन्न गर्न नेपाली सेना प्रतिबद्ध रहेको जनाउँदै त्यसका लागि डिपिआरबारे छिटो निर्णय आउनुपर्नेमा जोड दिनुभएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here