वेस्ट ईन्डिज विरुद्वको टी–२० शृङ्खलामा भारत विजयी

82

काठमाडौं, श्रावण २०:भारतले वेस्ट ईन्डिज विरुद्वको टी–२० शृङ्खलामा जीत हासिल गरेको छ । अमेरिका भ्रमणमा रहेको भारत तीन म्याचको टी-२० शृङ्खलामा २–० ले अग्रता बनाउदै एक खेल खेल्न बाँकी छदै विजयी भएको हो । फ्लोरिडामा भएको दोस्रो खेल बर्षातले प्रभावित भएपछी डकवर्थ लुईसको आधारमा वेस्ट ईन्डिजलाई २२ रनले परजित गर्दै भारत विजयी भएको हो । यसअघी सन् २०१८ मा घरेलु मैदानमा भएको खेलमा भारतले वेस्ट ईन्डिज विरुद्धको शृङ्खला क्लिनस्विप गरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको भारतीय टोलीले ५ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । भारतको जीतमा ओपनर रोहित शर्माले ६७ रन बनाए भने शिखर धवनले २३ तथा विराट कोहलीले २८ रन बनाए । जवाफी ब्याटिङमा उत्रिएको वेस्ट ईन्डिजले १५ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर ९८ रन बनाएको थियो । त्यसपछि बर्षाले खेल प्रभावित बनेको थियो । वेस्ट ईन्डिजका रोभमन पोवेलले ५४ रन बनाउन बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेनन् । भारत र वेस्ट ईन्डिजले भोली तेस्रो तथा अन्तिम खेल खेल्नेछ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here