यस बर्षको फिफा ई-वर्ल्ड कपको उपाधी हारकोसलाई

160
Soccer Ball in Net

काठमाडौं, श्रावण २०:जर्मनीका मोहम्मद मोआ उवा हारकोसले यस बर्षको फिफा ई-वर्ल्ड कपको उपाधि जितेका छन् । बेलायतको राजधानी लण्डनको ओ-टु एरिनामा भएको प्रतिस्पर्धामा प्रतियोगिताको साविकको विजेता साउदी अरेवियाका मोसाद मडोसेरीलाई ३-२ ले पराजित गर्दै मोआ उवाले उपाधि जितेका हुन् । उपाधी संगै उनले २ लाख ५० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् । विश्व फुटबलको नियमनकारी निकाय फिफाले सन् २००४ देखि हरेक बर्ष फिफा ई-वर्ल्ड कपको आयोजना गर्दै आइरहेको छ । यस बर्षको प्रतियोगितामा ३१ जना खेलाडीहरु अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका थिए । विश्वभरका प्रतिस्पर्धीहरुले कम्युटरबाटै खेलेको प्रतियोगितबाट छानिएका ६० जना खेलाडीहरु मध्येबाट अन्तिम ३१ जना प्रतिस्पर्धीहरुको छनोट गरिएको थियो । ती मध्येबाट मोआउवाले पहिलोपटक जर्मनिका लागि उपाधि जिते ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here