इरानद्वारा फेरि विदेशी ट्याङ्कर कब्जा

59

काठमाडौं, श्रावण २०:इरानले अर्को विदेशी ट्याङ्कर कब्जा गरेको इरानी राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । इरानले कब्जामा लिएको ट्याङ्कर केही खाडी मुलुकहरुबाट तेल तस्करी गरी ल्याएको आशंका गरिएको छ । इरानको एक क्रान्तिकारी संगठनका कमाण्डरले बन्धक बनाइएको ट्याङ्करमा ७ लाख लिटर तेल रहेको बताएका छन् । नियन्त्रणमा रहेको जहाज इराकको भएको जनाइएको छ । अमेरिकाले इरान माथिको प्रतिबन्ध थप कडा पार्दै गएपछि दुई देश बीच बढेको तनावका बीच   यस्ता घटनाहरु भइरहेका छन् । सन् २०१५ मा गरिएको आणविक सम्झौता उल्लंघन गरेको भन्दै वासिङ्टनले एकतर्फी रुपमा प्रतिबन्धहरु लाद्दै आएको छ ।  इरानले यस अघि पनि जहाजबाट तेल तस्करी गरेको आरोप लगाउँदै आएको छ । गत जुलाई १३ मा इरानी तट रक्षकले पनामाको झण्डा भएको जहाज नियन्त्रणमा लिएका थिए ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here