४ लाख २४ हजार ९ सय ७७ लाभग्राहीका घर निर्माण सम्पन्न

66

काठमाडौं, श्रावण २०: विस २०७२ वैशाख १२ गतेको भुकम्प र त्यसपछिका परकम्पबाट प्रभावित चार लाख २४ हजार ९७७ लाभग्राहीले अनुदान लिई घर निर्माण सम्पन्न गरेका छन् । थप दुई लाख १४ हजार ३१४ लाभग्राहीका घर पुनःनिर्माण भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । पुनःनिर्माण सम्पन्न र बनाउँदै गरेका सहित कुल छ लाख ४४ हजार २९१ घर पुनःनिर्माणको प्रक्रियामा रहेका प्राधिकरणले जनाएको छ । जुन पुनःनिर्माण गर्नुपर्ने घरको सङ्ख्याको ८३ प्रतिशत हो । अनुदान सम्झौता गरेका लाभग्राहीको कूल सङ्ख्या सात लाख ७३ हजार ४४७ छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू आर्थिक वर्षभित्रै निजी आवास पुनःनिर्माणको मुख्य कार्य सम्पन्न गर्ने बताउनुभएको छ । गुनासा, जोखिममा परेका वर्ग र बस्ती स्थानान्तरण अर्को आर्थिक वर्षमा पनि काम हुने र अरू सबै यही आर्थिक वर्षमै सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ । प्राधिकरणका सहसचिव एवं प्रवक्ता पिताम्बर घिमिरेका अनुसार अनुदान सम्झौता गरेकामध्ये सात लाख ६५ हजार २२१ ले पहिलो किस्ता बुझेका छन् भने पाँच लाख ९९ हजार ४३९ ले दोस्रो किस्ता बुझिसकेका छन् । तेस्रो किस्ता बुझ्ने लाभग्राहीको सङ्ख्या चार लाख ७४ हजार ११९ छ । सिन्धुपाल्चोकमा सबैभन्दा धेरै घर पुनःनिर्माण भएका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here