काठमाडौं, श्रावण २०: आगामी २४ घण्टा देशका पूर्व र पश्चिमी तराई तथा पहाडी भेगका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । यसबाट पहिरो र बाढीको जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन मौसमबिद्हरुले सचेत गराएका छन् । केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग पर्ने सम्भावना पनि रहेको छ । मनसुनको न्यून चापिय रेखा औसत स्थान भन्दा केहि नेपाल तर्फ सरेकोले मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ | आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने छ । साथै पुर्व र पश्चिम तराई क्षेत्रका केही स्थाहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ । यस्तै आज राती पश्चिमि भू-भागका केही स्थान तथा मध्य र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने छ । मध्य र पश्चिमी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । आगामी ३ दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गरेको महाशाखाका अनुसार यो क्रम पर्सि सम्म जारी रहनेछ ।।
Stay connected
Latest article
१३ औं सागको पाँचौ दिन नेपाललाई थप ७ वटा स्वर्ण पदक प्राप्त /...
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको पाँचौ दिन आज नेपालले आफ्नो खातमा ७ वटा स्वर्ण पदक थपेको छ । आज गौरीका सिंह...
पाल्पामा जीप दुर्घटना/२ जनाको मृत्यु
काठमाडौं, मंसिर १९: पाल्पामा जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिप चालक दिपक बमरेल र सहचालक कृष्ण कार्की...
सागमा ३१ स्वर्णसहित नेपाल दोश्रो स्थानमा
काठमाडौं, मंसिर १९:१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको पाँचौ दिन आज नेपालकी निमा घर्तिमगरले उसुको नान्छानमा स्वर्ण पदक जितेकी छिन । ...
सागमा ३० स्वर्ण सहित नेपाल दोश्रो स्थानमा
काठमाडौं, मंसिर १९:नेपालले जारी १३ औं दक्षिण एशियाली खेलकुद साग प्रतियोगितामा ३० स्वर्ण जित्दै स्वर्णमा शतक पुरा गरेको छ । आज उसुमा...
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालद्वारा आज थप ६ बटा स्वर्ण पदक हासिल/...
काठमाडौ,मङसिर१८:काठमाडौ र पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत नेपालले आज थप ६ बटा स्वण पदक जितेको छ । यो सँगै...
सागमा २५ स्वर्णसहित नेपालको अग्रता कायमै
काठमाडौं, मंसिर १८:१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत नेपालले आज उसु र करातेमा १-१ वटा स्वर्ण पदक जिति सकेको छ...
गढीमाईमा श्रद्दालुहरुको घुइँचो
काठमाडौं, मंसिर १८:बाराको गढीमाई मेलामा अहिलेसम्मकै सबै भन्दा धेरै संख्यामा श्रद्धालुको घुइँचो लागेको छ । नेपाल र भारत लगायत विभिन्न देशबाट ६०...