गोसाइँकुण्डमा लाग्ने मेला आजबाट सुरु

67

काठमाडौं, श्रावण २०: जनैपूर्णिमाको अवसरमा रसुवाको धार्मिक तथा पबित्र तिर्थस्थल गोसाइँकुण्डमा लाग्ने मेला आज बाट सुरु भएको छ । दश दिन सम्म लाग्ने आज सुरु भइ जनैपूर्णिमाका दिन सम्पन्न हुने गर्दछ । पौराणिक कथन अनुसार कालकुट विष सेवन गरि विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई गोसाईवावा भगवान शिव शंकरले त्रिशुलले भितामा हिर्काउँदा गंगाजल अर्थात त्रिशुल धारा बगेर गोसाईकुण्डको उत्पति भएको मानिन्छ । कुण्डमा स्नान गरि भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाइने, पितृ तर्नुको साथै सवै मनोकांक्षा पुरा हुने जनविश्वासका रहेको छ । १०८ कुण्ड रहेको रसुवा जिल्लामा वर्षेनी हजारौको सङख्यामा तिर्थालुहरु गोसाइकुण्डमा जाने गरेका छन । समुद्रि सतह देखि ४ हजार ३ सय ८० मिटरको उचाईमा रहेको गोसाईकुण्ड सन् २००७ सेप्टेम्वरमा रामसार सुचिमा समेत सुचिकृत भएको हो । गोसाईकुण्ड गाउँपालिका ५ मा अवस्थित गोसाईकुण्डमा हरेक बर्ष गंगादशहरा र जनैपूर्णिमामा गरि २ पटक  मेला लाग्ने गर्दछ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here