उत्तर कोरियाद्वारा दुई वटा अज्ञात क्षेप्याष्त्र प्रहार

55

काठमाडौं, श्रावण २१:उत्तर कोरियाले दुई वटा अज्ञात क्षेप्याष्त्र प्रहार गरेको छ ।   कोरियाली सेनाका अनुसार चौथो आणविक परीक्षण गरिएको दुई हप्ता पनि नपुग्दै उत्तर कोरियाले क्षेप्याष्त्र प्रहार गरेको हो । दक्षिण हवाङ्गी राज्यबाट पेनिन्सुला हुँदै पूर्वी समुद्रमा सो क्षेप्यास्त्र प्रहार गरिएको वक्तव्यमा उल्लेख छ । अमेरिकाले परिस्थितिको अनुगमन गरेर यस विषयमा दक्षिण कोरिया र जापानसँग परामर्श गर्ने बताएको छ । अमेरिका र दक्षिण कोरियाले सोमबारबाट शुरु गरेको संयुक्त सैन्य अभ्यास प्रति उत्तर कोरियाले आक्रोश व्यक्त गरेको छ । आफूहरुले वार्षिक सैन्य अभ्यासलाई कम गरे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले सम्झौताको उल्लंघन गरेको उत्तर कोरियाको आरोप छ । वक्तब्यमा उत्तर कोरियाली विदेशमन्त्रीले दुई सहयोगीले आफूहरुलाई सबै प्रकारका चतुर्‍याईको प्रयोग गर्दै सैन्य अभ्यासलाई पुष्टि गर्न खोजेको बताउँदै उनीहरुको यस्तो क्रोधित व्यवहार नलुक्ने बताउनु भएको छ । आणविक हतियारको विकास र श्रृखलावद्ध क्षेप्यास्त्र परीक्षणका कारण उत्तर कोरिया सबै अमेरिका र अन्तर्राष्ट्रिय प्रतिबन्धको विषय बन्दै आएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here