फिलिपिन्समा डेङ्गुका कारण ६ सय २२ जनाको मृत्यु

56

काठमाडौं, श्रावण २२: फिलिपिन्समा यस वर्ष मात्रै लामखुट्टेको टोकाईबाट हुने रोग डेङ्गुका कारण ६ सय २२ जनाको मृत्यु भएको छ । यति ठूलो संख्यामा मानिसको ज्यान गएपछि त्यहाँको सरकारले राष्ट्रिय महामारी नै घोषणा गरेको छ । गत जनवरी देखि जुलाईसम्म डेङ्गुबाट प्रभावितको संख्या १ लाख ४६ हजार पुगेको छ । यो संख्या गत वर्षको भन्दा ९८ प्रतिशत बढी भएको स्वास्थ्य विभागले जनाएको छ । अति प्रभावित क्षेत्र छुट्याउन र आपतकालिन सचेतनाका लागि सहज होस् भनेर महामारी घोषणा गरिएको बताइएको छ । डेङ्गुको संक्रमणपछि सामान्य रुखा खोकी र ज्वरो आउने र कहिलेकाँही सिकिस्तै हुने र समयमा उपचार नगरे मृत्यु नै हुने यो रोगका लक्षण हुन् । पछिल्ला केही दशकमा नाटकीय रुपमा डेङ्गुको संक्रमण बढिरहेको विश्व स्वास्थ्य संगठनको भनाई छ । फिलिपिन्समा गत जुलाईमा राष्ट्रिय डेङ्गु सतर्कता घोषणा गरिएको थियो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here