भारतकी भूतपूर्व विदेश मन्त्री सुषमा स्वराजको निधन

157

काठमाडौं, श्रावण २२: भारतकी पूर्व विदेश मन्त्री सुषमा स्वराजको ह्दयघातका कारण निधन भएको छ । ६७ वर्षीया स्वराजको स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस एम्समा भर्ना गरिएको थियो । रातको १० बजे अस्पताल भर्ना गरिएकी उहाँको उपचारकै क्रममा सबा ११ बजे मृत्यु भएको हो । उहाँको आजै अन्त्येष्ठी  गरिने कार्सयक्मरम छ । लामो समयदेखि  विरामी स्वराजको मृगौला समेत प्रत्यारोपण गरिएको थियो । स्वास्थ्यकै कारण स्वराजले सन् २०१९ को लोकसभा निर्वाचनमा भाग लिनु भएको थिएन । यस अघि सन् २०१४ को नरेन्द्र मोदी नेतृत्वको सरकारमा प्रभावशाली विदेशमन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्नु भएको थियो । उहाँ दिल्लीकी पहिलो महिला मुख्यमन्त्री समेत हुनुहुन्थ्यो । भारतीय जनता पार्टीका वरिष्ठ नेता स्वराजले हिजो दिउसो संविधानको धारा ३७० खारेज गर्ने साहसिक कदमको स्वागत गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनुभएको थियो । साथै आफूले जीवनमा यो दिन हेर्न पर्खिराखेको भन्दै स्वराजले सामाजिक सञ्जालमा ट्वीट गर्नुभएको थियो । स्वराज प्रखर वक्ता र स्पष्ट भाषण कलाका लागि चर्चित हुनुहुन्थ्यो । प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व मन्त्री स्वराजको निधनप्रति दुःख व्यक्त गर्दै भारतीय राजनीतिमा एउटा गौरवपूर्ण अध्यायको अन्त्य भएको बताउनुभएको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले स्वराजको निधनमा गहिरो दुख ब्यक्त गर्दै नेपालले एकजना असल मित्र गुमाएको ट्वीटमा उल्लेख गर्नु भएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here