पेट्रोलियम पदार्थको मूल्य समायोजन

75

काठमाडौं, श्रावण २२: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । निगमका अनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर एक रुपैया र डिजेल तथा मट्टितेलमा ५० पैसा मूल्य वृद्धि भएको छ । एलपी ग्यासमा भने प्रतिसिलिण्डर २५ रुपैया घटाई मूल्य समायोजन गरिएको छ । जसअनुसार काठमाडौँको थानकोट डिपोबाट १५ किमी क्षेत्रभित्र पेट्रोल १०९ रुपैया र डिजेल र मट्टितेल ९७ रुपैया प्रतिलिटर नयाँ खुद्रा बिक्री मूल्य कायम गरिएको छ । काठमाडौँको हकमा एलपी ग्यासको खुद्रा बिक्री मूल्य एक हजार ३७५ रुपैया प्रतिसिलिण्डर कायम गरिएको छ । हवाई इन्धनको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको छ । निगमले आर्थिक वर्ष २०७५/७६ मा एलपी ग्यासमा करीब छ अर्ब रुपैया नोक्सानी ब्यहोरेको थियो । जसको कारणले हालसम्म स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन हुन सक्ने अवस्था आएको थिएन ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here