हेटौंडामा डेङ्गुको महामारी / नियन्त्रणका लागि प्रयास शुरु

69

काठमाडौं, श्रावण २३:हेटौँडा उपमहानगरपालिकामा डेङ्गुले महामारीको रुप लिन थालेपछि नियन्त्रणका लागि पहल थालिएको छ ।   महानगरपालिकाले कार्यपालिकाको बैठकमार्फत प्रत्येक वडामा डेङ्गु नियन्त्रणका लागि समिति गठन गर्ने र लामखुट्टेको लार्भा र प्युपा बस्ने वासस्थान नष्ट गर्ने निर्णय गरेको छ । टोल विकास संस्थामार्फत पनि डेङ्गुको नियन्त्रणका लागि काम गर्ने निर्णय भएको हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो । विगतका वर्षहरुमा मकवानपुरमा कमै मात्र देखा पर्ने गरेको डेङ्गु रोगले यस वर्ष भने माहामारीको रुप लिँदै गएको देखिएको हो । विशेष प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका कारण हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र मात्र ६२ जना बिरामी परेको जनाइएको छ । यो सङ्ख्या साउन १ गतेदेखि २२ गतेसम्मको हो । बिरामीको हेटौँडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विशेष गरी हेटौँडाको वडा नम्बर ४ क्षेत्रमा यसको सङ्क्रमण बढी भएकाले यस क्षेत्रमा चेतना जगाउँदै टोलटोलमा जमेका पानी हटाउने काम भइरहेको छ । यसैगरी हेटौँडामा देखापरेको डेङ्गु नियन्त्रणका लागि प्रदेश सरकारसँगको सहकार्यमा पनि काम भइरहेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here