साउदी अरेवियाको मक्कामा हज प्रार्थना महोत्सव सुरु

52

काठमाडौं, श्रावण २४: मुस्लिम धर्मावलम्वीहरुको पवित्र तीर्थस्थल साउदी अरेविया स्थित मक्कामा हुने हज प्रार्थना महोत्सव आजबाट सुरु हुदै छ । पाँच दिन सम्म चल्ने हज प्रार्थना उत्सवमा सहभागि हुन विश्वभरबाट २० लाख भन्दा बढी मानिसहरु मक्का र मदिना पुगेका छन् । हजका लागि मक्का पुगेका तीर्थयात्रीहरुले मक्कामा रहेको निकै पवित्र मानिएको कावा मस्जिदलाई परिक्रमा गरी बस्दछन् र पाँच दिन सम्म मानवता र मुस्लिम समुदायमा आपसी भाइचाराका लागी प्रार्थना गर्ने गर्दछन् । मुस्लिम धर्मावलम्वीहरुको पवित्र तिर्थस्थल मदिना देखि मक्का सम्म जानैका लागि साउदी अरेविया सरकारले यसबर्षबाट द्रुत गतिको रेल सेवा पनि संचालनमा ल्याएको छ । प्रतिघण्टा ३०० किलोमिटरको गतिमा चल्ने रेलबाट करिव ६ घण्टाको यात्रा पार गर्दै तिर्थालुहरु मदिनाबाट मक्का सम्म पुगिरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here