अमेरिकामा ७०० आप्रवासी कामदार पक्राउ

53

काठमाडौं, श्रावण २४: संयुक्त राज्य अमेरिकाको मिसिसिपीमा विभिन्न क्षेत्रमा कार्यरत ७०० बढी आप्रवासी कामदारहरुलाई प्रशासनले पक्राउ गरेको छ । विभिन्न कम्पनी र उद्योगहरुमा छापा मार्ने क्रममा ठूलो संख्यामा कामदारहरुलाई गिरफ्तारी गरिएको हो । गिरफ्तार गरिएका आप्रवासी कामदारहरुलाई तिनका बच्चाहरुबाट अलग गराइएको भन्दै चौतर्फी विरोध भएपछि ३ सय जनालाई भने मुक्त गरिएको छ । सात वटा कृषि प्रशोधन प्लान्टमा कार्यरत ती कामदारहरुको अमेरिकामा बसोबास गर्नका लागि आवश्यक कागजात नपुगेको भन्दै गिरफ्तार गरिएको आप्रवासन अधिकारीहरुले जनाएका छन् । गिरफ्तारीमा परेपछि आमाबाबुबाट अलग भएका आप्रवासी कामदारका बालबालिकाको कथा सार्वजनिक भएपछि डेमोक्रयाट नेताहरुले पनि गिरफ्तारीप्रति विरोध जनाएका छन् । अधिकारीहरुले भने त्यस्ता बालबालिकाको हेरचाहको प्रबन्ध गर्न आवश्यक कदम चालिने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुन महिनामा गैरकानुनी रुपमा अमेरिकामा बसोबास गरिहरेका दशौं लाख विदेशी नागरिकलाई फिर्ता पठाउने घोषणा गर्नु भएको थियो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here