स्वयम्भूमा अपहरणको धम्की दिँदै हिँड्ने २ जना पक्राउ

59

काठमाडौं, श्रावण २४: काठमाडौको स्वयंभु नजिक  प्रहरीले गोली प्रहार गरी दुइ जनालाइ नियन्त्रणमा लिएको छ ।   प्रहरीको गोली लागि रामेछाप नगरपालिका ११ मन्थली बस्ने लोक्चान लामा भन्ने मिलन लामा घाइते भएका छन । उनलाइ स्वयंभुको बिजेश्वरी हाउजिङ नजिक झिङ्गु क्याफेमा घुँडा मुनी गोली हानी नियन्त्रणमा लिएको हो । उनका सहयोगी अमृत लामालाइ प्रहरीले पक्राउ गरेको छ । घाइते लामाले लिखु नगरपालिकाका अध्यक्ष गोविन्द खड्कालाइ १ करोड रुपैयाँ माग गर्दै नदिए ३ पर्षीया छोरीलाइ अपहरण गरी हत्या गरिदिने धम्की दिएको प्रहरीको भनाइ छ । उनले स्थानीय ठेकेदार र हाइड्रो पावर संचालकसंग २०/२० लाख रुपैयाँ धम्क्याएर लिएको प्रहरीको भनाइ छ । लिखु गाउँपालिकाका अध्यक्ष र हाइड्रो पावर संचालकको उजुरीका आधारमा खोज तलास गर्दै जाँदा उनलाइ नियन्त्रणमा लिने क्रममा गोली चलाउनुपर्ने अवस्था सृजना भएको अपराध महाशाखाका प्रमुख सहकूल थापाले जानकारी दिनुभयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here