काठमाडौं, श्रावण २४: धादिङको सलाङ्गघाट स्थित पृथ्वी राजमार्गमा आज विहान भएको बस दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ,भने १६ जान घाईते भएका छन्। यसै गरी बसमा विस जना भन्दा धेरै यात्रु हराई रहेका छन् । मृत्यु हुनेहरुमा सर्लाहीका अजय दाश र बिजय कुमी रहेका छन्। अन्य तिन जनाको नाम खुल्न सकेको छैन । सर्लाहिको मलंगवाबाट काठमाण्डौ आउदै गरेको श्रृष्टि यातायात कम्पनी प्रलिको सो वस राजमार्गबाट करिव एक सय मिटर तल खसी त्रिशुली नदीमा पुग्दा सो दुर्घटना भएको हो । दुर्घटनामा परि मृत्यु भएका मध्य तिन जनाको शव घटना स्थलमा नै भेटियको हो भने अन्य दुई जनाको चितवनको मुग्लिन र जुगेडिमा फेला पारेको धादिङ प्रहरीले जनाएको छ । बस त्रिशुली नदीमा खसेकोले धेरै यात्रुहरु बगाएको आसंका प्रहरीको छ । मलंगवाबाट चालीस जना बोकेर आएको सो वसमा विच विचमा पनी निकै यात्रुहरु चढेको घाईतेहरुले बताएका छन् । बसमा सवार अन्य सबै हराई रहेकाले खोजी कार्य जारी रहेको छ । बेपत्ताहरुको खोजीका लागी शसस्त्र प्रहरी नेपाल प्रहरी र नेपाली सेनाले प्रयास गरी रहेका छन् ।
Stay connected
Latest article
१३ औं सागको पाँचौ दिन नेपाललाई थप ७ वटा स्वर्ण पदक प्राप्त /...
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको पाँचौ दिन आज नेपालले आफ्नो खातमा ७ वटा स्वर्ण पदक थपेको छ । आज गौरीका सिंह...
पाल्पामा जीप दुर्घटना/२ जनाको मृत्यु
काठमाडौं, मंसिर १९: पाल्पामा जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिप चालक दिपक बमरेल र सहचालक कृष्ण कार्की...
सागमा ३१ स्वर्णसहित नेपाल दोश्रो स्थानमा
काठमाडौं, मंसिर १९:१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको पाँचौ दिन आज नेपालकी निमा घर्तिमगरले उसुको नान्छानमा स्वर्ण पदक जितेकी छिन । ...
सागमा ३० स्वर्ण सहित नेपाल दोश्रो स्थानमा
काठमाडौं, मंसिर १९:नेपालले जारी १३ औं दक्षिण एशियाली खेलकुद साग प्रतियोगितामा ३० स्वर्ण जित्दै स्वर्णमा शतक पुरा गरेको छ । आज उसुमा...
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालद्वारा आज थप ६ बटा स्वर्ण पदक हासिल/...
काठमाडौ,मङसिर१८:काठमाडौ र पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत नेपालले आज थप ६ बटा स्वण पदक जितेको छ । यो सँगै...
सागमा २५ स्वर्णसहित नेपालको अग्रता कायमै
काठमाडौं, मंसिर १८:१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत नेपालले आज उसु र करातेमा १-१ वटा स्वर्ण पदक जिति सकेको छ...
गढीमाईमा श्रद्दालुहरुको घुइँचो
काठमाडौं, मंसिर १८:बाराको गढीमाई मेलामा अहिलेसम्मकै सबै भन्दा धेरै संख्यामा श्रद्धालुको घुइँचो लागेको छ । नेपाल र भारत लगायत विभिन्न देशबाट ६०...