यमनको तटीय शहर एडेन पृथकतावादीको नियन्त्रणमा

68

काठमाडौं, श्रावण २६: सरकारी सेना विरुद्ध कयौं दिनको संघर्षपछि यमनका पृथकतावादीहरुले तटीय शहर एडेनलाई आफ्नो नियन्त्रणमा लिएका छन् । अन्तर्राष्ट्रिय सहयोग प्राप्त सरकारी सेना र पृथकतावादी समूह बीच चलेको लामो भिडन्तमा अन्तत पृथकतावादी समूहले जीत हासिल गरेका हुन् । पृथकतावादीहरुले सैन्य क्याम्प र राष्ट्रपति भवनमा समेत आफ्नो प्रभुत्व जमाइसकेको सरकारी सेनाको भनाई छ । सरकारी सेनालाई संयुक्त अरब इमिरेट्सको सहयोग रहेको छ । जसले दक्षिणी क्षेत्रको स्वतन्त्रताको वकालत गर्दै आएको छ । सरकारले यसलाई कु को संज्ञा दिएको छ । साउदी नेतृत्वको गठबन्धन र हाउथी विद्रोही बीचको लामो भिडन्तका कारण प्रतिक्रिया सशक्त हुन नसकेको बताइएको छ । गठबन्धनले तत्काल युद्ध विरामको घोषणा गरेको छ । साउदी अरेवियाको सरकारी समाचार संस्थाका अनुसार युद्ध विरामको उल्लंघन गर्नेलाई सेन्य कारवाही गर्ने चेतावनी दिइएको छ । आइतवार देखि लागू हुने युद्ध विरामलाई पृथकतावादीले पनि समर्थन जनाएका छन् । दक्षिण तटीय शहर एडेन राष्ट्रपति आवद्राव मनसुर हादी सरकारको अस्थायी आधार क्षेत्र रहेको छ । पृथकतावादीले कुनै संघर्ष विना नै आइतवार राष्ट्रपति भवन नियन्त्रणमा लिएका छन् । साथै सो समूहले आन्तरिक मन्त्रीको आवास र राष्ट्रपति हादीको सैन्य ब्यारेक पनि नियन्त्रणमा लिएको समाचार एजेन्सीहरुले जनाएका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here