भारतमा बाढी र पहिरोमा परेर एक सय जनाको मृत्यु

249

काठमाडौं, श्रावण २६: भारतको दक्षिण र पश्चिम राज्यहरुमा भिषण बर्षा संगै आएको बाढी र पहिरोमा परेर एक सय जनाको मृत्यु भएको छ । बाढी, डुबान र पहिरोबाट दशौं हजार मानिसहरु विस्थापित भएका छन् । बाढी र डुवानबाट चार वटा राज्यहरुमा सबैभन्दा धेरै क्षति पुगेको छ । पछिल्लो बर्षा, बाढी र डुवानले केरला, कर्नाटक, महाराष्ट्र र मध्य प्रदेश धेरै प्रभावित भएका छन् । बाढी र डुवानका कारण केरला राज्यमा मात्रै ४६ जनाको मृत्यु भएको छ भने मध्यप्रदेशमा ३२ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । डुवानमा परेपछि घरबास गुमाएका बालबच्चा, सुत्केरी महिला र जेष्ठ नागरिकहरुको विचल्ली भएको छ । बाढी प्रभावित क्षेत्रहरुमा रेल सेवा पनि बन्द गराइएको छ । यसले गर्दा यात्रुहरुको आवागमन समेत प्रभावित भएको छ । कतिपय स्थानहरुमा विद्युत सेवा पनि अवरुद्ध भएको छ । बाढी प्रभावितहरुको उद्दार र पुनर्स्थापनाको काम तिब्र पारिएको अधिकारीहरुले बताएका छन् । पिडितहरुलाई आश्रय स्थलमा राखेर राहत वितरणको काम भइरहेको संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here