त्रिशुलीमा दुर्घटनाग्रस्त बसमा सवार यात्रु मध्ये २० जना अझैं बेपत्ता

138
People gather around the accident site in Trishuli river, on Sunday, May 19, 2019. Photo: Keshav Adhikari/THT

काठमाडौं, श्रावण २६: त्रिशुलीमा अस्ति बिहान दुर्घटनाग्रस्त बसमा सवार यात्रु मध्य बेपत्ता २० जना अझैं भेटिएका छैनन् । खोजी भैरहेपनि उनीहरुको अबस्था अझैं अज्ञात छ । उद्दार सामग्रीको अभाव र त्रिशुलीमा पानीको बहाब बढी भएका कारण बेपत्ताहरुको खोजीमा समस्या भएको हाम्रा धादिङ सम्बाददाता शिव सिलवालले जनाएका छन् । अहिले पनि त्यस क्षेत्रमा पानी परिरहेको छ । सो घटनामा परी मृत्यु भएका ९ जनाको भने शव फेला परेको छ । सनाखत भएकाहरुमध्ये विजय कुर्मी, सरीता कुमारी महतो र ६ वर्षीय आषीशकुमार शाहको बाहेक सबै शवहरु आफन्तलाई जिम्मा लगाई सकिएको धादिङ प्रहरीले जानकारी दिएको छ । सर्लाहीको मलंगवाबाट काठमाण्डौ आउदै गरेको ना ६ ख ७४६९ नम्वरको बस अस्ति बिहान ३ बजेतिर दुर्घटना भएको थियो । बस सडकबाट करिब एक सय पचास मिटर तल खसी त्रिशुली नदीमा डुबेको थियो । बसमा ४५ जना सवार रहेको प्रहरीले जनाएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here