रोजर्स कप टेनिसको उपाधी नाडाललाई

97

काठमाडौं, श्रावण २७: राफाइल नाडालले क्यानडामा भएको रोजर्स कप टेनिसको उपाधि जितेका छन् । उपाधिका लागि भएको फाइनल भिडन्तमा रुसी खेलाडी ड्यानियल मेद्भे देभलाई ६-३ र ६-० को सोझो सेटमा पराजित गर्दै नाडालले पाचौं पटक रोजर्स कप जितेका हुन । यो जित संगै विश्व दोस्रो वरियताका नाडालले मोन्ट्रेयलमा भएका टेनिस प्रतिस्पर्धाहरुमा लगातार तेस्रो उपाधी जित्न सफल भएका छन् । यसैगरी नाडालले शिर्ष वरियताका नोभाक जोकोभिक भन्दा दुइ वटा बढी मास्टर्स उपाधी समेत जितेका छन् । प्रतियोगिताको महिला उपाधी भने क्यानडाकी बियन्का एन्ड्रिस्क्युले जितेकी छिन् । उपाधी भिडन्तमा रहेकी अमेरिकाकी सरिना विलियम्सले ढाडको चोटका कारण खेल्न नसकी बीचमै खेल छोडेपछी एन्ड्रिस्क्यु विजेता घोषित भइन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here