मृत सागर क्रमश: भासिँदै

275

काठमाडौं, श्रावण २७:जोर्डन र इजायलको सिमानामा पर्ने विश्वकै अधिक नुनिलो मृत सागर क्रमश भासिदै र पहिले भन्दा अझ नुनिलो बन्दै गएको अनुसन्धानकर्ताहरुले बताएका छन् । सन् १९८० मा समुन्द्र सतह भन्दा ४०० मिटर तल रहेको मृत सागर भासिदै वा सुक्दै गएर अहिले समुन्द्र सतहभन्दा ४२९ मिटर तल पुगेको अध्ययनले देखाएको छ । यसैगरी समुन्द्री किनारा पनि सर्दै गएर पहिले हुने भन्दा २ किलोमिटर पर पुगेको पाइएको छ । सागरको पानीमा नुनको मात्रा अत्यधिक रहेकोले कुनै पनि जीव जन्तु बस्न नसक्ने भएकोले मृत सागर नामाकरण गरिएको सागरमा नडुब्ने भएकोले समुन्द्रमा तैरिएर मज्जा लिन विश्वभरबाटै पर्यटकहरु पुग्ने गरेका थिए । तर पछिल्लो समय सागरको किनारामा ठूला ठूला खाडल पर्दै जान थालेपछी संभावित खतराको डरले पर्यटकहरु भ्रमणमा समेत जान छोडेको स्थानीय पर्यटन व्यवसायीहरुले बताएका छन् । त्यही डरले त्यहाँ संचालनमा रहेका धेरै पर्यटक केन्द्रहरु पनि बन्द गराइएको छ । अनुसन्धानकर्ताहरुले सागर सम्म पुग्ने सहायक नदीहरमा बाधिएका बाँध र खनिजहरुको उत्खनन् सागर सुक्दै र भासिदै जानुको कारण भएको तर्क गरेका छन् ।  मृत सागरसम्म पुग्ने नदीहरु नै बाँधका कारण सुकेकोले सागरको अस्तित्व संकटमा परेको भन्दै सचेतताका लागि अनुसन्धानकर्ताहरुले आग्रह गरेका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here