हङकङमा प्रदर्शनकारी र प्रहरी बीच फेरि दोहोरो भिडन्त

129

काठमाडौं, श्रावण २७: हङकङमा साडे दुई महिनाभन्दा लामो समयदेखि जारी सरकार विरोधी सडक संघर्षको क्रममा प्रदर्शनकारी र प्रहरी बीच फेरि दोहोरो भिडन्त भएको छ । प्रहरीले आइतबार राति रेलवे स्टेसन सहित शहरभरि अश्रुग्यास प्रहार गरेको छ । वान चाई जिल्लामा प्रदर्शनकारीहरुले भीड तितर बितर पार्न लठ्ठी प्रहार गर्ने  प्रहरी माथि पेट्रोल बम र ईटाले हानेका छन् । घटनामा प्रहरी अधिकारीहरु सहित ठूलो संख्यामा सर्वसाधारण घाइते भएका छन् । आन्दोलनका क्रममा सर्वसाधारण माथि भूमिगत स्टेसनहरुमा पनि प्रहरीले रबरका गोली तथा लठ्ठी प्रहार गरेका थिए । विवादस्पद सुपुर्दर्गी सम्बन्धी विधेयकको विरोधमा शुरु भएको आन्दोलन अझै अनिश्चित बनेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here