अमेरिकाको बाल स्याहार केन्द्रमा आगोलागि/५ जनाको मृत्यु

196

काठमाडौं, श्रावण २७: संयुक्त राज्य अमेरिकाको पेन्सिलभेनिया राज्य स्थित एक बाल स्याहार केन्द्रमा आगलागी हुँदा पाँच जना बालवालिकाहरुको जलेर मृत्यु भएको छ । आइरी लेक साइड स्थित एउटा आवासिय भवनमा संचालन भइरहेको दिवा बाल स्याहार केन्द्रमा अकस्मात आगलागी भएको थियो । मृत्यु हुनेहरुमा आठ महिना देखि ७ बर्ष सम्मका बालबालिका रहेको अधिकारीले जनाएका छन् । आगलागीमा परेर घरका मालिक पनि गम्भिर घाइते भएका छन् । कामकाजी आमा बाबुका बच्चाहरुको रेखदेख गर्न उक्त स्यार केन्द्र संचालन गरिएको थियो । अकस्मात आगो लागेपछि संचालकहरुले बच्चाहरुलाई बाहिर निकाल्न नभ्याएको बताइएको छ । आगलागीको कारणबारे अधिकारीहरुले छानविन सुरु गरिएको बताएका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here