बर्षाका कारण अरनिको राजमार्ग भासिँदा यातायातमा समस्या

308

काठमाडौं, श्रावण २७: बर्षाका कारण अरनिको राजमार्ग अन्तर्गत काभ्रेको जिरोकिलो-दोलालघाट सडक खण्ड ठाउँ ठाउँमा भासिएको छ । अविरल बर्षापछि खोलामा बढेको पानीको बहावले पाँचखाल नगरपालिकाको दोलालघाट देखि भुम्लु गाउँपालिकाको दोलालघाट सम्मको सडकलाई दायाँ बायाँबाट कटान गरि भत्काएको छ । मुख्य राजमार्ग नै भासिएपछि केही स्थानमा एकतर्फी रुपमा हलुका सवारी साधन मात्रै सञ्चालन भइरहेका छन् । भासिएको सडकमा बढी भार भएका ट्रिपर लगायतका सवारीलाई निषेध गरिएको छ । खोलामा आएको बाढीले छेउका टहराहरु बगाएको छ भने आसपासमा लगाइएको धान र तरकारी खेतीमा समेत क्षति पुर्याएको छ । यसैगरी जिरोकिलो-मेलम्ची सडक खण्डमा पनि ठाउँ ठाउँमा पहिरो गए पछि सडक अवरुद्ध भएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here