अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइदै

51

काठमाडौं, श्रावण २७:अन्तर्राष्ट्रिय युवा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदै छ । हरेक वर्ष अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिन्छ । नेपालमा सन् २००४ देखि युवा दिवस मनाउन थालिएको हो । युवाका मुद्दालाई सम्बोधन गर्न नेपालमा विभिन्न नीतिहरु बन्नुका साथै युवा तथा खेलकूद मन्त्रालयका र अन्य निकायहरुले काम गरिरहेका छन् । तर धेरै नेपाली युवाहरु विदेश पलायन भैरहेका छन् ।  यसैबीच अहिले विदेशिने युवाको सङ्ख्या पनि घटेको श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ । श्रम तथा रोजगार मन्त्रालयका अनुसार वार्षिक  पाँच लाख ३८ हजार युवा विदेश जाने गरेकोमा अहिले घटेर तीन लाख २३ हजारमा झरेको छ । युवा विकास सूचकाङ्कमा नेपाल विश्वमा ७७औँ नम्बरमा रहेको छ । नेपालमा १९ प्रतिशत बढी युवा पूर्ण बेरोजगार छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here