नेपाल भ्रमण वर्ष अभियानको प्रभावकारी प्रचारका लागि पर्यटन मन्त्रीको आग्रह

55

काठमाडौं, श्रावण २७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सामाजिक सञ्जालमार्फत नेपाल भ्रमण वर्ष २०२०, अभियानको प्रभावकारी प्रचारका लागि आम समुदायलाई आग्रह गर्नुभएको छ । नेपाल भ्रमण वर्ष मूल आयोजक समितिका संयोजकसमेत रहनुभएका मन्त्री भट्टराईले भ्रमण वर्षलाई प्रारम्भिक रुपमा सहयोग पु¥याउनका लागि वेब साइट, फेसबुक, ट्विटर र इन्स्टाग्राममा भ्रमण वर्षको लोगो राखिदिन आग्रह गर्नुभएको हो । उहाँले एक विज्ञप्ति जारी गर्दै भ्रमण वर्ष अभियानलाई सफल बनाउन सबैको सहयोग, समन्वय र सहकार्यको अपेक्षा गर्दै सो अभियानलाई विश्वभर पु¥याउनका लागि सहयोगको आह्वानसमेत गर्नुभएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here