साउन महिनाको अन्तिम सोमबार/शिवालयहरुमा श्रद्दालुहरुको भीड

46

काठमाडौं, श्रावण २७ :आज साउन महिनाको अन्तिम सोमबार । काठमाण्डौको पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज अन्तिम सोमबार विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गरिन्छ । बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ । बिशेषगरी आज काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने बोलबम श्रद्धालुहरुको बिहानैदेखि बाक्लो उपस्थिति छ । काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, खोटाङको हलेसी, सुनसरीको पिण्डेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर तथा देबधाट लगायतका शिवालयहरुमा बिहानैदेखि पुजापाठ भैरहेको छ । त्यसैगरी काभ्रेको धनेश्वर, आशापुरी इन्द्रेश्वर, गौखुरेश्वर, भालेश्वर र लटरम्बेश्वर महादेर मन्दीर लगायता शिवालयहरुमा भक्तजनहरुको भिड लागेको छ । विभिन्न जिल्लाबाट काभ्रेमा रहेका शिवालयहरुमा भक्तजनहरुको आउने गरेका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here