एभरेस्ट प्रिमिएर लिग क्रिकेट फागुन तेस्रो साताबाट सुरु हुने

75

काठमाडौं, श्रावण २८: चौथो संस्करणको एभरेस्ट प्रिमिएर लिग ईपीएल क्रिकेट फागुन तेस्रो साताबाट सुरु हुने भएको छ । चौंथो संस्करणको प्रतियोगिता फागुन तेस्रो साताबाट सुरु हुने आयोजक ईपीएलले जनाएको हो । यसअघि ईपीएल मंसिर देखि पुसमा हुँदै आएको थियो । यसैबीच चौथो संस्करणबाट केही नयाँ नियम पनि लागु गरिने भएको छ । लिगका लागि फ्रेन्चाइज टिमले आइकोनिक खेलाडीमा टेष्ट राष्ट्रका खेलाडी अनिवार्य राख्नु पर्ने नियम बनाएको छ । प्रतियोगितालाई अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले मान्यता दिएको पनि बिज्ञप्तीमा जनाइएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here